बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

यस्तो पनि : ८७ वर्षमा ‘हट एन्ड हिट’

बुधबार, १५ वैशाख २०७३, ०७ : ५८
बुधबार, १५ वैशाख २०७३

अमेरिका–अमेरिकाकी ८७ वर्षीया बड्डी विन्कलको जीवन कुनै युवतीको भन्दा कम छैन । अझ भनौं, उनी र अभिनेत्रीहरुको जीवनमा सानो रेखाको मात्र फरक छ । एउटा समानताचाहिँ के छ भने सेलिब्रेटीले जस्तै उनले पनि सामाजिक संजालमा व्यापक प्रशंसा पाउँछिन् ।

सामान्य महिला भए पनि बड्डीका सामाजिक संजाल इन्स्टाग्राममा १८ लाखभन्दा धेरै फलोअर्स छन् । यही कारणले उनले इन्टरनेटमा नयाँ भाइब क्रिएट गरेकी छिन् ।

कतिसम्म भने सामाजिक संजालमा त केहीले उनलाई प्रेरणाको स्रोत भनेर टिप्पणी पनि गरेका छन् । संचारमाध्यम पनि उनलाई खोज्दै पुगेका छन् । अनि उनले संचारमाध्यमलाई दिने अन्तर्वार्तामा आफू सधैं विद्रोही स्वभावकी भएको बताएकी छिन् ।

विदेशी मिडियामा अहिले पनि बड्डीको चर्चा छ । उनी सन् १९२८ मा जन्मिएकी थिइन् । त्यतिबेला उनले आफ्ना रहर सबै पूरा गर्न पाइनन् । त्यसैले, उनले अहिले ती रहर पूरा गर्दै छिन् । उनले इन्स्टाग्राममा राख्ने फोटोहरु ‘हट’ भएको टिप्पणी गरिएका छन् । त्यसैले त उनी हिट भएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप