बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

उपराष्ट्रपतिसँग पोल्याण्डका राजदूतको भेट

बिहीबार, १६ वैशाख २०७३, १६ : ५२
बिहीबार, १६ वैशाख २०७३
काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि पोल्याण्डका गैर आवासीय राजदूत तोमाज लुकास्जुकले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा उपराष्ट्रपतिसँग पोल्याण्डका राजदुत लुकास्जुकले शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपति पासाङले नेपाल र पोल्याण्डको सम्बन्ध ६० वर्ष पुग्न लागेको बताउँदै दुई देशबीचको सम्बन्ध दिन प्रतिदिन प्रगाढ बन्दै गएको बताए । उनले भूकम्पको बेलामा पोल्याण्डले गरेको सहयोगले दुई देशबीच जनस्तरसम्म सम्बन्ध प्रगाढ भएको छ भन्नु हुँदै अझै सुधार गर्नुपर्ने बताए । उनले भूकम्पको बेलामा उद्धार र राहतमा गरेको सहयोगप्रति पोल्याण्ड सरकारलाई धन्यवाद दिँदै पुनःनिर्माणमा पनि सहयोग हुने अपेक्षा व्यक्त गरे । उपराष्ट्रपतिले सात दशकदेखिको संघर्षपछि नेपाली जनताले संविधानसभाबाट लोकतान्त्रिक प्रक्रियाबाट जारी गरेको संविधान उत्कृष्ट र अग्रगामी भएको बताए । भेटमा राजदुत लुकास्जुकले नेपालको संविधानको पोल्याण्ड सरकारले स्वागत गरेको बताए । नेपालको समृद्धिको यात्रामा पोल्याण्ड सहयोग गर्न सधै तयार रहेको बताउँदै उनले भूकम्पपछिको पुनःनिर्माणमा पनि सहयोग गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप