बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

महाराजगन्जबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ

बिहीबार, १६ वैशाख २०७३, १७ : १५
बिहीबार, १६ वैशाख २०७३
काठमाडौँ - प्रहरीले एक थान कटुवा पेस्तोल, त्यसका तीन राउण्ड गोली र लागुऔषधसहित लम्जुङ मालिङ्टारका २७ वर्षीय विवेक गुरुङलाई महाराजगन्जबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जको प्रहरी टोलीले बुधबार महाराजगन्ज गणेश बस्तीमा रहेको डेराबाट गुरुङलाई पक्राउ गरेको हो । उसबाट रु दुई लाख ६१ हजार, लागुऔषध डाइजेपाम २५ थान, फेनारगन २५ थान र नुरफिन २५ थानसमेत प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप