पानी घट्ट चलाएर मासिक २० हजार कमाउँछन् सुकुमान
काभ्रे - रोजगारीको लागि युवाहरु गाउँबाट शहर पस्ने र शहरबाट विदेश जाने क्रम बढिरहेको छ । तर चलाल गणेश स्थान वडा नं. ४ सुकुमान तामाङ्ग भने घर भन्दा पारी च्यासिङ्गखर्क गाविस वडा नं. २ मा पानीघट्ट चलाएर राम्रै आय आर्जन गरी रहेका छन् । चलाल गणेश स्थान र च्यासिङ्गखर्क गाविसको सिमाना भएर बग्ने लट्कु खोला उनी १२ महिना नै पानीबाट चल्ने घट्ट चलाउँछन् । उमेर ५४ वर्ष भएका उनलाई परदेश वा शहर गएर भारी बोक्नुभन्दा आफ्नै जन्म थलोमा घट्टा चलाएर सबैको सेवा गर्दा आनन्द लाग्ने बताए ।
हिउँदमा समेत खोलामा प्रर्याप्त पानी बग्ने हुँदा सुकुमानलाई अहिलेसम्म काम गर्न लाई खासै समस्या पनि छैन् । दैनिक विहान ६ बजे देखि बेलुका ७ बजे सम्म उनीले प्राय काम गर्ने गरेको हामीलाई बताए । उनको पित पनि घट्ट चलाउने काम गर्दै आएको र सुुकुमानको यो दैनिकी २०५९ साल देखि निरन्तर जारी छ । उनको ठाउँ वरपर मिसानी मिल भए पनि स्थानीयहरु पानी घट्टमै पिधेको पिठो मिठो भनेर आउने गर्दछन् । घरमा श्रीमती, छोरी, ज्वाई र नातिनी छन् म यता काम गर्छु, कहिले काहि भने खेतीको सिजनमा समय मिलाएर जान्छु नत्र सधै यतै हो । ‘म खाना खान जादाँ समेत घट्ट चलिरहको हुन्छ करीब २० मिनेट खान खान लाग्छ त्यसपछि निरन्तर काममा नै हुन्छु’ उनले रातोपाटीलाई बताए । दैनिक ५ देखि ७ मुरी सम्म अन्न पिध्ने गरेका सुकुमान ज्याला भने भारी हेरेर अनी ल्याउने मानिसको बिश्वासको आधारमा लिने गरेको बताउछन् । ‘८ पाथी सम्म अन्न ज्यालाको हुने गरेको छ, त्यो भनेको करीब ७ सय रुपैया सम्म हो,’ सुकुमानले भने । दैनिक १३ घण्टामा नियमित काम गर्दा सुकुमान करीब २० हजार रुपैयाँसम्म मानिक आयआर्जन हुने गरको बताँउछन् । कहिले काही सन्चो भएन र घट्टा जान ढिला भयो भने स्थानीयहरु घरमै बलाउन आउछन् उनलाई । ‘मैले पिठो मिधेर नपठाए सम्म कति धेरै मासिर चौपाय भोकै हुन्छन् त्यसैले म कहिले पनि काम गर्न अल्छी गर्दिन्’ उनले रातोपाटीलाई भने । उनको घट्टालाई सुधारिएको बनाउन जिल्ला घट्ट संघले केही प्राविधिक सहयोग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण