बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

स्थानीयद्वारा मुक्तिनाथमा अस्पताल माग

शुक्रबार, १७ वैशाख २०७३, ०९ : ३२
शुक्रबार, १७ वैशाख २०७३

पोखरा–मुक्तिनाथ स्वास्थ्य सेवा श्रमको स्तरउन्नती हुने भएको छ । मुक्तिनाथ आराधना परिषद्द्धारा संचालनमा रहँदै आएको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमको स्तरउन्नती गर्न सरोकारवाला निकाय, बुद्धिजिविहरुको टोली छलफलमा जुटेका छन् ।

पछिल्लो समय भारतलगायत विभिन्न मुलुकबाट आउने भक्तजनहरुको भिड मुक्तिनाथमा बढ्न थालेसँगै त्यहाँ रहेको मुक्तिनाथ स्वास्थ्य सेवा श्रमले आवश्यक सेवा दिन नसक्ने भएका कारण त्यसको स्तर वृद्धि गर्नुपर्ने स्थानीय स्तरबाट आवाज उठ्दै आएको थियो ।

मुक्तिनाथ आराधना परिषद्को अध्यक्ष समेत रहेका डाक्टर भोला रिजालले स्थानीय जनताको माग र चाहाना बमोजिम अस्पतालको माग बढेकाले त्यसको स्तरउन्नती आवश्यक रहेको औंल्याए ।

रिजालले सोहि मागलाई ध्यानमा राखेर अस्पताल निमार्ण गर्ने उद्देश्यसहित सबै निकाय छलफलका लागि मुक्तिनाथमा जुटेको स्पष्ट पारे । डाक्टर रिजालले १२ बर्षदेखि स्वास्थ्य सेवा श्रम संचालन गर्देै आएको भएपनि दक्षिण भारत र उत्तर भारतका हजारौं मानीसहरु मुक्तिनाथ दर्शनमा जाने भएपछि अस्पताल निमार्ण आवश्यक परेको र छलफलमा सबै जुटेको बताए ।

उनले अहिलेसम्म आफुले आवश्यक स्वास्थ्य उपचारका लागी आईपर्ने सामानहरु पठाउँदै आएको पनि बताए । मुक्तिनाथमा हजारौको संख्यामा आन्तरीक र वाह्य तिर्थयात्रीहरु हाउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप