तनहुँ घटना : श्रीमान र ससुराविरुद्ध किटानी जाहेरी
दमौली– तनहुँको क्यामिन–२ माझफाँटमा मङ्गलबार भएको घटनालाई लिएर पीडितको माइती पक्षले मृतकको श्रीमान र ससुराविरुद्ध किटानी जाहेरी दिएको छ ।
पीडित पक्षले बिहीबार मृतकका पति मनबहादुर थापा र ससुरा रामबहादुर थापाविरुद्ध बिहीबार किटानी जाहेरी दिएको हो । २४ वर्षीया रीता थापा र उनका ५ वर्षीय छोरा मिसन आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा भेटिएपछि उनीहरुलाई कर्तव्य गरी मारेको भन्दै उनीहरुविरुद्ध किटानी जाहेरी दिइएको बताइएको छ ।
प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता राकेश सिंहले मृतकका श्रीमान मनबहादुर र ससुरा रामबहादुरविरुद्ध किटानी जाहेरी परेको बताए । जाहेरी परेलगत्तै उनीहरुलाई प्रहरी निगरानीमा राखिएको जानकारीसमेत उनले दिए । दुवै जनाको लासको दमौली अस्पतालमा शवपरीक्षण गर्न माइती पक्षले नमानेपछि टिचिङ अस्पतालमा शवपरीक्षण गर्ने सहमति भएको बताइएको छ ।
पीडित सङ्घर्ष समितिका संयोजक बलबहादुर पाण्डेले शवपरीक्षण रिपोर्टलाई हेरेर अघि बढ्ने बताए । प्रहरी उपरीक्षक कृष्णकुमार महतले दुवै मृतकको शवपरीक्षणका लागि टिचिङ अस्पताल लैजाने सहमति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
-
सरकारको बजेटलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याएका छौँ: गभर्नर पौडेल
-
मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबिच छलफल
-
पूर्वमन्त्री एवं राप्रपा नेता फत्तेसिंह थारुको निधन
-
सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण