बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपालको कृषि नयाँ दिशातिर उन्मुख हुने : मन्त्री गजुरेल

शुक्रबार, १७ वैशाख २०७३, १० : ०२
शुक्रबार, १७ वैशाख २०७३

पाँचथर– कृषि विकास मन्त्री हरिबोल गजुरेलले नेपालको कृषि नयाँ दिशातिर उन्मुख हुने बताएका छन् ।

मन्त्रालयले तयार गरिरहेको बजेट सहितको कार्यक्रममा किसानका समस्या समाधान गर्दै कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा प्रोत्साहित तुल्याउने खालका योजना समेटिने र नेपालको कृषिलाई नयाँ दिशातर्फ उन्मुख गराउने बताए ।

पाँचथरको फिदिममा आज बिहान कुराकानी गर्दै मन्त्री गजुरेलले परम्परागत कृषि प्रणालीलाई त्याग्दै उत्पादनमुखी तथा व्यावसायिक कृषि प्रणालीको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।

उहाँले युवालाई विदेश पलायन हुनबाट बचाउँदै व्यावसायिक कृषिमा आकर्षित गर्न युवामैत्री कार्यक्रम पनि ल्याउन लागिएको जानकारीसमेत दिए । फरक प्रसङ्गमा उहाँले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने पनि बताएका छन् ।

उनले काँग्रेसले वर्तमान सरकारमा सहभागी हुन नचाहेकाले सहमतिको सरकार बन्न नसक्ने बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप