बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सहमति र माओवादी एकताका लागि पहल गर्ने एमाओवादीको निर्णय

शुक्रबार, १७ वैशाख २०७३, १२ : ३०
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं - एमाओवादीले सबै राजनीतिक दलहरुसँग राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । आज बसेको पार्टीको स्थायी समितिको बैठकले सो निर्णय गरेको हो । बैठक पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका महासचिव कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति र राष्ट्रिय एकता आवश्यक छ भन्ने हाम्रो पार्टीको निश्कर्ष छ ।’

राष्ट्रिय सहमति र राष्ट्रिय एकताले मात्र वर्तमान समस्याको समाधान गर्न सक्ने उनको भनाई थियो । उनले पहिलो निर्णय राष्ट्रिय सहमति र राष्ट्रिय एकताका लागि दलहरुसँग बहस र छलफल गर्ने बताए। उनले भने, ‘त्यसको लागि सरकारमा सहभागी एमाले लगायतका दलहरुसँग छलफल र बहस गम्भीर रुपले अगाडि बढाउने र सरकार भन्दा बाहिर रहेका अरु पार्टीहरु नेपाली काँग्रेससँग पनि छलफल गर्ने र जनजाति मधेसवादीहरु सँग पनि छलफल र बहस गर्छौं ।’ त्यसैगरी आजको बैठकको अर्को निर्णय विभाजित माओवादी पार्टी, शक्ति र व्यक्तित्वहरुसँग पार्टी एकताका लागि गम्भीर रुपले छलफल र वहसलाई तिब्र पार्ने पनि निर्णय भएको महासचिव महराले बताए । ‘पार्टी एकता र ध्रुबीकरणका निमित्त हाम्रो पार्टीले छलफललाई तीब्र पार्ने निर्णय गरेको छ, ‘उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप