नीति तथा कार्यक्रमसँगै स्थानीय निकाय चुनावको मिति घोषणा गर्न राप्रपा नेपालको माग
काठमाडौं– सरकारमा सहभागि दल राप्रपा नेपालले सरकारले नीति तथा कार्यक्रमसँगै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गरेको छ । अध्यक्ष तथा उपप्रधान , परराष्ट्र तथा स्थानीय विकासमन्त्री कमल थापाको अध्यक्षतामा शनिबार बसेको पार्टी पदाधिकारी बैठकले सो माग गरेको हो ।
लामो समयदेखि स्थानीय निकायको निर्वाचन हुन नसक्दा अभियमितता बढेकोदेखि विभिन्न समस्या उत्पन्न भएकाले सरकारलाई नीति तथा कार्यक्रमसँगै स्थानीय निकासको निर्वाचनको मिति तोक्न आग्रह गरिएको केन्द्रिय सदस्य राजाराम बर्तौलाले रातोपाटीलाई बताए ।
सरकारले संसदको अधिवेशन वैशाख २१ गते आह्वान गरिसकेको र वैशाख २३ गते सरकारको नीति कार्यक्रम संसदमा पेश गर्ने तयारी गरिरहेको बेला राप्रपा नेपालले यस्तो आग्रह गरेको हो ।
बैठकले भुकम्पपछिको पुर्ननिर्माणको काममा प्राधिकरणसँग समन्वय गरि कार्यकर्ता परिचालन गर्ने निर्णय समेत गरेको छ । आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सबै दलले सामुहिक रुपमा स्वंयसेवक परिचालन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रधानमन्त्रीको प्रस्तावप्रति समर्थन जनाएको राप्रपा नेपाललेआफ्नो बैठकबाट भने सामुहिक रुपमा कार्यकर्ता परिचालन गर्ने वा आफ्नै ढंगले परिचालन गर्ने भन्नेबारे स्पष्ट निर्णय गरेको छैन । यद्यपी बर्तौलाले आवश्यकता अनुसार सामुहिक रुपमा पनि कार्यकर्ता परिचालन गर्न सकिने बताए ।
बैठकले देशव्यापी रुपमा हिन्दुत्व जनजागरण अभियान लचाउने र अभियानको मिति केहि दिनभित्रै केन्द्रिय सचिवालयको बैठक बसेर टुंगो लगाउने निर्णय पनि गरेको छ । यसअघि पनि राप्रपा नेपालले हिन्दु राष्ट्रको पक्षमा माहौल बनाउने रणनीतिका साथ हिन्दु जागरण सभाहरु गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण