बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली, देउवा र प्रचण्ड आए हामी पनि समितिमा जान्छौः कर्ण

शनिबार, १८ वैशाख २०७३, १७ : २५
शनिबार, १८ वैशाख २०७३
काठमाडौ– सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि भए आफूहरु पनि उपप्रधानमन्त्री कमल थापाको संयोजकत्वमा गठित उच्चस्तरीय राजनीतिक समितिमा सहभागि हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ कमल थापा संघीयता विरोधी भएपनि आफू मधेसमा दुई प्रदेश दिन तयार रहेको तर मैले यो कुरा गर्न सक्दिन भन्ने गरेका छन । यस्तो भन्दा भन्दै उनीसँग किन बार्ता गर्ने ? ओली, देउवा र प्रचण्ड समितिमा आए हामी पनि सहभागि हुन्छौ । कर्णले थपे,‘ हामी उपलब्धिमुलक र परिणामुखि बार्ताकोलागि सधै तयार छौ । उपलब्धि विहीन बार्तामा कहिल्यै पनि सहभागि हुँदैनौ ।’ प्रधानमन्त्रीले शनिवार एजेण्डा विहीन रुपमा सर्वदलिय बैठक बोलाएकोले आफूहरु नगएको स्पष्ट पार्दै उनले सरकार टिकाउने रणनीति स्वरुप प्रधानमन्त्रीले बैठक बोलाएको दावी गरे । कर्णले मधेसी मोर्चाले संसद बहिस्कार नगरेको स्पष्ट पार्दै आगामि संसदको बैठकमा सहभागि हुने तर त्यसलाई आन्दोलनकै मोर्चाको रुपमा उपयोग गर्ने स्पष्ट पारे । उनले भने,‘ हामीले संसद बहिस्कार गरेका छैनौ । हाम्रो माग पनि संसदबाटै पुरा हुने हो संसोधन मार्फत । त्यसैले हामी संसदमा जान्छौ तर त्यसलाई आन्दोलनको थलोको रुपमा उपयोग गर्छौ ।’ बर्तमान सरकार सबै क्षेत्रमा असफल भएको, तस्करले सञ्चालन गरेको र भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै प्रधानमन्त्रीले शनिवार पुनःनिर्माणकोलागि आएको रकम हिनामिना गर्न दलहरुलाई साक्षी बनाउन सर्वदलीय बैठक बोलाएको दावी गपनि गरे । कर्णले आफूहरुले आन्दोलनमै जीवन विताउन नभई मुलुकको निकास र विकासकोलागि गरेको दावी गर्दै जनताको असन्तुष्टी कायम रहँदा सम्म विकास सम्भव नभएको टिप्पणी गरे । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले संघीयता नचाहिएको कमल थापालाई संघीयताको सीमांकन मिलाउने जिम्मेवारी दिएको प्रति असन्तुष्टी ब्यक्त गर्दै प्रमुख दलका शिर्ष नेताहरु सहभागि भए थापा नेतृत्वको समितिमा आफूहरु पनि सहभागि हुने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप