ड्रेस साट्न जाउँ हिँड भन्दै अर्पाटमेन्टमा लगेर हाकिमले बलात्कार गरेपछि...
कुवेत–कुवेतमा एक नेपाली महिला कम्पनीकै एक हाकिमबाट बलात्कृत भएकी छिन ।
चितवन घर भएकी ३१ वर्षीया तामाङ थर भएकी (नाम नखुलाउने सर्तमा) गत शुक्रबार बेलुका ४ बजेतिर उनी कम्पनीकै हाकिमबाट बलात्कृत भएकी छिन् ।
कुवेतको एक कम्पनीमार्फत अस्पतालमा वेटरको काम गर्ने ती महिलालार्इ कम्पनीको मानिसले ड्रेस साँट्न जाउँ भनी उसले कोठामा लगि बलात्कार गरेको उनी बताउँछिन् ।
उनी थप्छिन्, ‘शरीरमा नमिल्ने ड्रेस छोटो थियो, उसले आउ ड्रेस साँट्न जाउँ भन्यो र गाडीमा बस्न भनेर एउटा ठूलो विल्डिङको कोठामा लगेर बलात्कार गर्यो र कसैलाई नभन्न धम्की दिएर छोडिदियो ।’
८ महिना पहिले कुवेत आएकी ती महिलाको खासै कसैसँग चिनजान छैन् । घटनापछि भेटे जतिलार्इ आफ्नो यो व्यथा सुनाएकी छिन् । कोही कसैबाट सहयोगको आश्वशन नदिएको गुनासो गर्छिन् ।
‘कसैले साथ दिएनन् बरु डर देखाउँछन बिरानो ठाउँ बोलिदिने र सुनिदिने कोही छैन् । अब के गरौँ इज्जत लुटियो, म माथि अपराध भयो, अफिसमा फोन गर्दा घटना जटिल भएको र मिलाउन नसकिने भन्दै धर्मेन्द्र नाम गरेको एक नेपालीले हल्ला नगर्न र चुप लाग्न दबाब दिए ।’
रुवाबासी गर्दै दुतावास पुगेकी उनी न्यायको लागि दुतावास पुगेर घटनाको नालिबेली सुनाउँदा पनि दुतावासले खासै चासो नदिएको उनको भनाई छ ।
दुतावासका कर्मचारीको एकै स्वर छ, ‘२४ घण्टा नाघ्यो उजुरी गर्न ढिला भयो फेरीपनी न्याय दिलाउन हामी कोसिस गर्छौ ।’
यस घटनाकाबारे कुरा गर्दै दुतावासकी श्रम–सहचारी गोमा ढकाल भन्छिन्, ‘केश दर्ता गर्न भनेका छौं, प्रमाण पुगेसम्म न्यायका लागि सकेसम्म हाम्रो तर्फबाट सक्दो प्रयास हुनेछ ।
ड्युटी जान कम्पनीले दबाब दिईरहेको भएपनि न्याय नपाएसम्म ड्युटी नजाने उनी बताउँछिन् । बलात्कार गर्ने अरबी मुलको व्यक्ति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण