मृत अवस्थामा फेला
शनिबार, १८ वैशाख २०७३, १७ : ४७
काठमाडौं–चन्द्रागिरी नगरपालिका–७ थानकोट डेरा गरी बस्ने सर्लाही जानकीनगर गाविस–२ का ५४ वर्षीय पदमबहादुर खप्तरी मगर आफ्नै डेराकोठामा सुतिरहेको ठाउँमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं गोकर्णेश्वर नगरपालिका–१३ जोरपाटी गैरीगाउँस्थित मसिनोमैया श्रेष्ठको घरको छतमा प्लाष्टरको काम गरिरहेका काठमाडौं जोरपाटी बस्ने मकवानपुर मनहरी सुकौरा–७ का ४१ वर्षीय अर्जुन प्रजा सोही घरको छतमा शुक्रबार मृत अबस्थामा फेला परेका छन् ।
कास्कीको चापाकोट–७ खोरपाखामा विगत ६ महिना अगाडिदेखि इजि–आर्गानिक फर्म संचालन गरी बस्दै आएका राहदानी नम्बर जिए३१७५७० बाहक क्यानेडियन नागरिक ७० वर्षीय क्यानथोन सुतिरहेका ठाउँमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस दलका नेता थापाले भने- ‘एमालेसँगको सहकार्य टुट्यो, तीन विकल्पमा छलफल भइरहेको छ’
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण