बौद्धमार्गी विद्यार्थीहरु संगठित हुँदै
काठमाडौं – बौद्धमार्गी विद्यार्थी संगठनहरुले छाता संगठन निर्माणको लागि पहल थालेका छन् । राजधानीमा प्रारम्भिक छलफल गर्न भेला भएका विद्यार्थी संगठनले नेपाल बौद्ध विद्यार्थी महासंघ गठनका लागि पहल थालेका हुन् ।
बौद्धमार्गी विद्यार्थी संगठनहरु शेर्पा, मगर, तामाङ, थारु, नेवार, ह्योल्मो/योल्मोपा, गुरुङ, भोटेलगायतले महासंघ गठनका लागि पहल थालेको भेला आयोजना गर्न संयोजनको भूमिका निर्वाह गरेका नेपाल शेर्पा विद्यार्थी मञ्चका बरिष्ठ उपाध्यक्ष साङ्गे मिङमा शेर्पाले जानकारी दिए ।
नेपाल बौद्ध महासंघका अध्यक्ष फुपु छेम्पे शेर्पाको विशेष उपस्थितिमा भएको भेलाले छिट्टै बृहत्त भेला आयोजना गरेर महासंघ घोषण गर्न ७ सदस्यीय तयारी समिति गठन गरेका छन् । साङ्गे मिङमा शेर्पाको अध्यक्षतामा गठित तयारी समितिले महासंघ गठनको लागि अवधारणा पत्र तयार गरेर पेश गर्ने समेत निर्णय गरेको छ ।
विभिन्न घटक संगठन र आदिवासी विद्यार्थीहरुको समेत समर्थनमा संगठन विस्तार गर्न लागेको र संगठनले बुद्धका विचार, दर्शन र सिद्धान्तलाई आत्मसाथ गर्दै बौद्ध विद्यार्थीहरुको हकहितका लागि भूमिका निर्वाह गर्ने नेवा विद्यार्थी दवुका नेवाना तण्डुकारले जानकारी दिइन् । भेलामा नेपाल शेर्पा विद्यार्थी मञ्चका अध्यक्ष निमा दोर्जे शेर्पालगायतले आफ्नो विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण