बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्कालै सरकार परिवर्तन हुँदैन : उपप्रम गच्छदार

शनिबार, १८ वैशाख २०७३, १९ : ५४
शनिबार, १८ वैशाख २०७३

मोरङ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बेलायती संसद्मा कुरो उठ्दैमा सरकार परिवर्तन नहुने बताएइका छन् ।

मोरङको विराटनगर विमानस्थलमा आज साँझ पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारको कार्यसञ्चालन सन्तोषजनक हुन नसके पनि तत्कालै अर्को सरकार बन्ने अवस्था भने नरहेको बताए ।

उनले संविधान कार्यान्वयनमा अहिले पनि समस्या रहेको र राजनीतिक सङ्क्रमणकाल जारी रहेकाले संविधान कार्यान्वयनका विषयमा अवरोध गर्नु उपयुक्त नहुने धारणा राखे । उनले संसद् नियमावली, न्यायाधीश र राजदूत नियुक्तिका विषयमा अवरोध पु¥याउँदा यसले दीर्घकालीन असर पुग्ने बताए ।

सरकार सञ्चालनमा विमति राख्नु जायज भए पनि राष्ट्रिय मुद्दामा सत्ता पक्ष र विपक्षी दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ थियो । ‘‘संसद् सुरु भएपछि विवादका विषय संसद्बाटै टुङ्गो लाग्नछन्’’ उपप्रधानमन्त्री गच्छदारले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप