अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत पूरा
पोखरा– कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सकिएको छ ।
आयोजनाको काम अहिले द्रुतगतिमा अघि बढेको र यही रफ्तारमा काम भयो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत् उत्पादन गर्न सकिने आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए ।
आयोजनाको चार हजार २०० मिटर लामो सुरुङ खनिसकिएको र अहिले सुरुङमा दुईवटा टर्वाइन राख्ने काम भइरहेको छ ।
आयोजनाको विद्युत् प्रसारण लाइन जोड्ने ३२ वटा टावरमध्ये २० वटा निर्माण गरिसकिएको छ भने बाँकी १२ वटाको पनि दुई महिनाभित्रमा निर्माण सक्ने लक्ष्य राखिएको छ । जलविद्युत् आयोजनाको विद्युत् उत्पादनगृह, बाँध निर्माण, सुरुङको कङ्क्रिट लाइनिङको काम पनि अन्तिम चरणमा पुगेको छ ।
पच्चिस मेगावाट क्षमताको उक्त आयोजना निर्माण गर्न करिब रु पाँच अर्ब २८ करोड खर्च भएको छ । चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत र आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशतको लगानीमा विसं २०६९ को पुस महिनादेखि आयोजनाको काम सुरु गरिएको थियो ।
सो गाविसको वडा नं ९ अन्तर्गत पर्ने बाहुनडाँडाको गहिरीखेतीमा आयोजनाको विद्युत्गृह निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णयपछि लुम्बिनीमा कांग्रेसको आकस्मिक बैठक
-
वार्षिक १३ अर्ब खर्च हुँदा पनि प्रभावहीन बनेका तालिम रोक्न मन्त्रालयले स्थानीय तहलाई पत्राचार गर्ने
-
बागमती सरकारबाट एमालेका मन्त्रीले राजीनामा दिने
-
शिक्षामन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेटवार्ता
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण