बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न

मङ्गलबार, २१ वैशाख २०७३, ०८ : ५५
मङ्गलबार, २१ वैशाख २०७३

वाशिंगटन डिसी–गत वर्ष नेपालमा आएको महा–विनाशकारी भूकम्पबाट नेपालले ठूलो जनधनको क्षति बेहोर्नुपरेकोले अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सवर्गमा नेपालको पुनर्निर्माणको लागि म्याराथुन दौडको आयोजना गरिएको छ ।

आपत्कालीन खतरा न्यूनीकरण गर्ने र कालान्तरमा नेपाललाई भूकम्पबाट थप क्षति हुन्बाट कसरी बचाउने भन्ने हेतुले गरिएको कार्यक्रममा अमेरिकाका विभिन्न राज्य तथा शहरमा रहेका र विभिन्न पेसामा संलग्न नेपाली समुदायका सदस्यले प्रत्यक्ष सहभागिता जनाएका छन् ।

दि सोरवे फाउन्डेसन पित्ट्सवर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गत मे १, २०१६ तारिखमा भव्यताको साथ सम्पन्न भएको छ । नेपालको पुनर्निर्माणको लागि २५ हजार डलर आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको भएता पनि पछिल्लो जानकारीअनुसार ६ हजार ५ सय डलर संकलन भै सकेको छ ।

सोरवे फाउन्डेसन, इन्टरनेसनल डेवलपमेन्ट इन्सटिट्युट, वाशिंगटन डिसी तथा अपरेसन्स नमस्ते नामक तीन संस्थाको सयुक्त आयोजनामा पित्ट्सवर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गरेको हो ।

सुमन तिम्लिसना, माइक कोबोल्ड, जेसिका कोसिस्कक, मुकेश कुमार सिंह, जेम्स ल्याण्डन, परशु नेपाल, राजु गड्तौला तथा संचारकर्मी रामचन्द्र खरेलले म्याराथुन दौडमा सहभागिता जनाएका थिए । सहभागिताको मुख्य उद्देश्य नेपालको पुनर्निर्माणमा सहयोग गर्नु रहेको छ ।

यी तीन संस्थाको पहलमा आगामी सेप्टेम्बर महिनामा युद्धमा घाइते अमेरिकी सैनिक र विकालंग योद्धा (एथलेट ) लाई नेपाल लाने कार्यक्रम रहेको बताएका छन् ।

कार्यक्रमको उद्देश्य नेपाललाई विकलाङ्ग पर्यटकको गन्तव्य बनाउन र जागरुक ल्याउन गरिने भएको छ । म्याराथुनमा उठेको सम्पूर्ण रकम नेपालको पुनर्निर्माणमा मात्र खर्च गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप