आफूलाई फाँसी दिन माग गर्दै स्थानीय सडकमा
जलेश्वर – नई चाही टिबी, दम्मा नई चाही खासी !
बनी अपाङ्ग नई घुटीघुटी मरब एकहीबेर ददिया फाँसी !
वार्षिक ७० देखि ७२ करोड राजश्व उठाउने भिठामोड नाका जोड्ने भिठामोड– जनकपुर सडक लामो समयदेखि जर्जर र धुलाम्य छ । दुई देशबीचको नाका जोड्ने सडक मर्मत नहुँदा स्थानीयहरुले सास्ती भोग्न बाध्य छन् । सडकको दुरावस्थाकै कारण यस क्षेत्रमा धेरै दुर्घटना हुने गरेको छ । त्यसमाथि धुलोले श्वास प्रश्वाससम्बन्धि विभिन्न रोगको शिकार यहाँका स्थानीय भएका छन् । उनीहरुको कमाईको धेरै हिस्सा डाक्टर र औषधिमा खर्च गर्न बाध्य छन्, स्थानीय अस्पतालहरुको रेकर्डले देखाउँछ । आन्दोलनमा उत्रे स्थानीयहरु लामो समय यही दुरावस्थालाई सहेर बसेका भिठामोडका जनता अहिले सडकमा उत्रिएका छन् । नई चाही टिबी, दम्मा नई चाही खासी ! बनी अपाङ्ग नई घुटीघुटी मरब एकहीबेर ददिया फाँसी ! सडक बनाउ या फाँसी दिय किस्ताबन्दीमे मृत्यु नई चाही ! जस्ता नारा लगाउँदै सडकमा छन् । आफूहरुलाई किस्ताबन्दीमा मृत्यु दिनुभन्दा एकैपटक फाँसी देऊ भन्दै सरकारसँग माग गरिरहेका छन् ।
स्थानीयको आन्दोलनको स्वरुप पनि रोचक छ । सुन्दर अभियानको अगुवाईमा स्थानीयहरु हरेक दिन विहान ९ः३० देखि १०ः३० सम्म सडकमा उत्रन्छन्, सडकका विभिन्न स्थानहरुमा भेलाभई चक्काजाम गर्छन् । त्यहीँ बसेर कविता बाचन गर्छन् र सरकारको ध्यानाकर्षण गराउने प्रयास गर्छन् । सोमबार उनीहरु जलेश्वर–१५ प्रकौली चोकमा भेला भएर चक्काजाम गरिरहेका थिए । सुन्दर अभियन्ताहरुले मंगलवार सहोडवा र सो पछि सोही सडकको अन्य भागबाट समेत चक्काजाम गरि सरकारको ध्यानाकर्षण गराउने प्रयास गरिने बताए । सडक निर्माण प्रकृया विगत र वर्तमान पहिलेको महेन्द्र राजमार्गलाई हुलाकी मार्गमा राखिएपनि सडक निर्माण अवरुद्ध छ । केहि वर्षअघि मात्र धेरै प्रयासपछि भारतकै लगानीमा एक भारतीय कम्पनीले १८.५६ किलोमिटर सडकलाई चार लेनको पक्की सडक निर्माण गर्ने जिम्मा लिएयो थियो । तर, ५ देखि ६ प्रतिशत मात्र काम सकेको सो कम्पनी भाग्दा समस्या ज्युँकात्यु छ । कम्पनी काम गर्न नसकेपछि भारतको लगानीमा नेपाली ठेकेदारहरुले सडक निर्माण गर्ने निर्णय भएपछि पुनः सडकको सर्वे भएर मिति ०७२।४।१२ गते टेण्डर आव्हान गरियो । हेर्नुस हुनत गत वर्ष पनि स्थानीयहरुले सडककै लागि आन्दोलन गरेका थिए । त्यति बेला सडक डिभिजन तथा सरोकारवाला निकायबाट सडक निर्माण तुरुन्त शुरु गरिने प्रतिवद्धता जनाइएको भए पनि आजसम्म काम शुरु हुन सकेको छैन । बस व्यवसायीको आफ्नै पिडा बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जम्मा ५४ वटा बस जनकपुर भिठामोड मार्गमा संचालनमा रहेको र सडककै कारण जस्तोसुकै फिटनेस पास भएर आएको गाडीको सडकमा गुडेको केहि दिनमै पत्ती भाँचिने, टायरको ग्रिप खराब हुने, तेल बढी खाने तथा बसको बडी बिग्रने गरेको बताउँछन् । खराब सडककै कारण हालैमात्र एकको बस दुर्घटनामा मृत्यु भएको थियो । सडक नबन्दा राजश्व नोक्सानी वार्षिक अर्बाैं राजश्व उठ्न सक्ने सम्भावना बोकेको भिठामोड नाका जर्जर सडककै कारण दैनिक सरदर २५ देखि ३० लाख, मासिक ७÷८ करोडमात्र राजश्व उठाउन सकेको भन्सारकै कर्मचारी बताउँछन् । सडकको अवस्था सुध्रिदिएको भए अन्य धेरै नाकाहरुलाई उछिन्न सक्ने सम्भावना हुन सक्ने उनीहरु बताउँछन् । आन्दोलनकारीहरुले महोत्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवमार्फत प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाईसकेका छन् । तर, सरकार उदासिन छ । अझै पनि सरकार आफ्ना मागहरुबारे संवेदनशील नबने स्थानीयले आन्दोलन अझै चर्काउने र यसबाट हुने क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण