प्यूठानमा दुई बालकको मृत्यु
बिहीबार, २३ वैशाख २०७३, १० : ०६
प्यूठान– ट्र्याक्टर दुर्घटनामा परी तिराम–७ जुगपानी प्यूठानका दुई बालकको ज्यान गएको छ । बुधबार रा १ त ९३४ नंको ट्याक्टर दुर्घटनामा परी तिराम–७ का १० वर्षीय वेगम पुन र सोही ठाउँकै ११ वर्षीय दीपेन्द्र पुनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठोरले जानकारी दिए ।
गाउँमा बाटो खन्नका लागि ‘एक्स्काभेटर’लाई इन्धन लिएर गएको ट्र्याक्टर ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक बालकहरु गाउँमा पहिलो पटक पुगेको ट्र्याक्टरमा चढेर घरतर्फ फर्कँदै गरेको स्थानीयवासी अमर अधिकारीले बताए ।
त्यस्तै, घटनामा परी घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण