शरीरमा चम्चादेखि काँटीसम्म टाँसिने चुम्बक मानव
आफूसँग चुम्बकीय शक्ति भएको दाबी गर्ने एक भारतीयले विभिन्न सामानहरुलाई आफ्नो शरीरमा अड्याएर सबैलाई आश्चर्यमा परेका छन् । मध्य प्रदेशस्थित सागर जिल्लाका अरुन रैकवारले केही समयअघि मात्रै आफ्नो शरीरमा यस्तो शक्ती रहेको पत्तो पाए । घरको काम गर्दा गर्दै शरीरमा काँटी अड्किएपछि उनी झस्किएर । बिस्तारै उनले चम्चा तथा अन्य धातूका बस्तुहरुलाई शरीरमा अड्याउँदा ति सामान सहज रुपमा अड्कने भए ।
उनी भन्छन् –‘मलाई थाहा थिएन कसरी यस्तो भयो । आजकल मानिसहरु मलाई हेर्न आउँछन् र खुसी लाग्छ ।’ तस्विरहरु ३७ वर्षका अरुनको शरीरमा किला,चम्चा र चक्कू समेत सजिलै अड्किएको देख्न सकिन्छ । उनी आफ्नो शरीरमा विशेष चुम्बकीय शक्तिका तरंगहरु भएका कारण यस्तो भएको बताउँछन् ।
उनले डाक्टरसँग पनि चेकअप गरे । तर स्थानिय अस्पतालका डाक्टरले उनमा खासै शारीरिक समस्या नरहेको बताए । उनको धेरैभन्दा धेरै चुम्बकीय शक्ति छाति,पेट र शरीरको पछाडीपट्टीको भागमा छ ।
शुरुआतमा डाक्टरहरु उनको शरीरमा यसरी सामान अड्किएको देख्दा अचम्मै परेका थिए । उनको जाँच गर्ने ४५ वर्षका चिकित्सक शैलेन्द्र शुक्ला भन्छन्, ‘यो अचम्मकै केश हो । तर म लाई आश्चर्य भने लागेको छैन किनकी हामी सबैको शरीरमा केही चुम्बकीय शक्ति हुन्छ । अरुनको शरीरमा चुम्बकीय शक्ति बढेको छ र केही समयपछि यो आफैँ हट्नेछ । यो सधैँको समस्या होइन ।’
अहिले रैकवारलाई हेर्नका लागि उनको घरमा आउने स्थानियहरुको संख्या बढेको छ । तर उनी भने सामान्य जीवन चाहन्छन् ।
एकपटक गिनिज बुकमा रेकर्ड लेखाउने धोको भने उनीसँग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण