बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

शाखा अधिकृत पौडेललाई सेवाबाट हटाइयाे

मङ्गलबार, ०९ असार २०८३, २१ : ५४
मङ्गलबार, ०९ असार २०८३

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेको भन्दै शाखा अधिकृत श्यामला पौडेललाई सेवाबाट हटाएको छ।

निजामती सेवा ऐन, २०४९ बमोजिम ३५ दिने म्याद दिई सोधिएको स्पष्टीकरणमा उनले पेस गरेको जवाफ चित्तबुझ्दो र मनासिब नदेखिएपछि मन्त्रालयले यो निर्णय लिएको हो।

ऐनको दफा ६१ को उपदफा १ को खण्ड (छ) बमोजिमको कसूर गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट निष्कासन गरिएको व्यहोरा मन्त्रालयको सूचनामा उल्लेख छ । 

लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीबाट प्राप्त परामर्शका आधारमा पौडेललाई जेठ २९ गते देखि लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको हो।

shyamala

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप