बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

'मोदीजी हाम्रो देशतिर नहेर्नुहोस्'

शुक्रबार, २४ वैशाख २०७३, १७ : ०७
शुक्रबार, २४ वैशाख २०७३
कालिकोट – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका छन् । नेपाल मजदुर किसान पार्टी कालिकोटको नवौं जिल्ला अधिवशनको उद्घाटन गर्दै सो कुरा बताएका हुन् । अध्यक्ष बिजुच्छेले नेपालको हरेक मामिलामा भारतले हस्तक्षेप गर्दा उसैलाई घाटा हुने समेत बताए । ‘मोदीजी हाम्रो देशतिर नहेर्नुहोस ।’ उनले भने,–‘आफ्नो देशमा के भइरहेको छ । त्यतातिर ध्यान दिनुस् ।’ भारतीय शासकहरुले नेपालको नदीनाला मात्र नहेरेको र नेपाललाई पुरा खान खाजेको अध्यक्ष बिजुच्छे आरोप लगाए । ‘नेपाललाई अहिले पनि भारत सिक्किमीकरण गर्न खाजेको छ ।’ उनले भने,–‘कदापी नेपाल सिकिक्म हुनसक्दैन ।’ नेपालमा बिदेशीहरुले लगानी गर्नुको एउटा मात्र उद्देश्य कसरी नेपाललाई आफ्नो पक्षमा पार्ने रहेको त्यसमा कसैले पनि नलाग्न उनले आग्रह गरे । अध्यक्ष बिजुच्छे नेपाल बलियो राष्ट्र बनाउने हो भने नेपालको आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने बताए । भारतीय जिएमआर कम्पनीले नेपालको ठुला राजनीतिक दलहरुलाई किनेको, माथिल्लो कर्णाली परियोजना नेपाली जनताले नै बनाउन सक्ने बिदेशी लगानीमा भरपर्न नहुने, त्यसले नेपाल माथिको नै ठुलो हस्तक्षेप रहेको अध्यक्ष बिजुच्छे बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप