बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसको नेतृत्व आवश्यक छः सिटौला

शुक्रबार, २४ वैशाख २०७३, १७ : १८
शुक्रबार, २४ वैशाख २०७३
पोखरा–नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले देशमा विद्यमान समस्याको निकासको लागि कांग्रेसको नेतृत्व आवश्यक भएको वताएका छन् । नेपाली कांग्रेस कास्कीद्धारा शुक्रवार पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा वोल्दै सिटौलाले सो कुरा वताएका हुन् । उनले देशमा अहिले भएको संघीयता सिमाङ्कन, प्रादेशिक संरचना, प्रदेश सभा गठन र विभाजनका कुरामा कांग्रेसले नै नेतृत्व गरे मात्र समस्या समाधान हुने वताए । देशमा अहिले वनेको संधिवान कार्यान्वयन भएर छाड्ने वताउँदै उनले केही अंश संविधान कार्यान्वयन समेत भईसकेको वताए । नेपालको संविधान २०७२ कांग्रेसको नेतृत्वमा नै वनेको र कार्यान्वयनको चरणमा अन्य दलको हातमा गएकोले समस्या भएको वताउँदै उनले संविधान वनाउनेले नै कार्यान्वयन गर्न सुरु गरेपछि अधिक वाधाहरु स्वत पाखा लाग्ने वताए । अव देशमा गाउँसम्मको निर्वाचन हुने वताउँदै नेता सिटौलाले निर्वाचनको लागि तयारी हुन कास्कीका कार्यकर्तालाई निर्देशन दिएका छन् । तलदेखि माथि सम्मको निर्वाचन तत्काल हुन्छ भरसक महिलाहरुलाई समावेश गर्न लाग्नुस् उनले कार्यकर्ताहरुलाई भने । काग्रेसले सरकार लडाउने कुरा गरेर पछाडि हटेको भन्ने कार्यकर्ताको जिज्ञासामा सिटौलाले भने सत्ता सिन दलको एक घटक एकीकृत नेकपा माओवादीले नै सरकार गिराउने भने पछि पार्टी सभापतिले सो कुरा स्वीकार गरेको मात्र वताए । सरकार लडाउन नसक्दैमा केही अत्तिनु पर्ने अवस्था नभएको उनले वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप