रातोपाटीका सम्पादक शर्मा वरिष्ठ पत्रकार पुरस्कारबाट सम्मानित
काठमाडौं – रातोपाटीका सम्पादक ओम शर्मा २०७२ सालको वरिष्ठ पत्रकार पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शितलनिवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवि भण्डारीले शर्मालाई पुरस्कार प्रदान गरिन् ।
त्यस्तै, सूचना तथा सञ्चार मन्त्रालयले २०७२ सालर्को राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार किशोर श्रेष्ठलाई सम्मानित गरिएको छ ।
सरकारले देश–जनताको समृद्धि, लोकतन्त्रको सुदृढीकरण, निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गर्ने एक व्यक्तिलाई २ लाख रुपैयाँको उक्त पुरस्कार वार्षिक रूपमा दिने गरेको छ ।
यसैगरी २ लाख रुपैयाँ राशिकै वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार डा सुरेश आचार्य र शिव गाउँले पनि सम्मानित भएका छन् ।
गत चैत २८ गते मन्त्रालयका सचिव दिनेशकुमार थपलियाको संयोजकत्वमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, प्रा चिरञ्जीवी खनाल, पत्रकार खिलबहादुर भण्डारी र पत्रकार अनिता विन्दु सदस्य एवम् मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल सदस्य सचिव रहेको सिफारिश समिति गठन गरिएको थियो ।
सोही समितिले गरेको सिफारिशअनुसार मन्त्रालयले उनीहरूलाई पुरस्कार दिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण