बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्यास मेटाउन पानी लिन जाँदा गोठको गोबर सर्न लगाए

शुक्रबार, २४ वैशाख २०७३, १९ : ५४
शुक्रबार, २४ वैशाख २०७३

बर्दिबास–धुर्मुस—सुन्तलीको मुसहर बस्तीको नामले चिनिने महोत्तरीको बर्दिबास नगरपालिका–२ को मुसहर बस्तीमा खानेपानीको हाहाकार हुदाँ मुसहर समुदायिक महिलाहरुले ठूलाठालूको दुव्र्यहार खेप्न बाध्य भएका छन् । बस्तीमा पानी अभाव हुँदा छिमेकी कहाँ गाग्रो लिएर पानी लिन जाँदा अशब्द प्रयोग गरेर उनीहरुले आफूहरुलाई दुव्र्यहार गर्ने गरेको स्थानीय प्रमिला सादाले गुनासो गरेकी छिन् ।

एक काँखमा गाग्री, अर्को काँखमा बच्चा प्रचण्ड गर्मीका कारण खानेपानीको मुहानमा खानेपानी अभावसँगै बस्ती नजिकै रहेको एक मात्र सार्वजनिक ट्याङकीमा खानेपानीमा पानी आउन छाडेको २० दिन भइसकेको छ । ५५ घरधुरीको ३५० जनाभन्दा बढी मुसहरहरुकोे बसोबास छ । बस्तीमा खानेपानीको अभाव हुँदा उनीहरुको दैनिकी पूर्ण रुपमा प्रभावित भएको सोही बस्तीका अगुवा मञ्जय सादाले बताए । उनले भने, ‘जीवन बचाउन अब बस्तीमा पानी छैन । एक काँखमा महिलाहरुले स—सना नानी बोकेर आमाको माया दिँदै दिनहुँ अर्को काँखमा गाग्रीमा रातु खोलाबाट पानी ल्याउन बाध्य छन् ।’

गोठको गोबर सोहोरे मात्र पानी दिने केही दिनअघि छिमेकी कहाँ पानी ल्याउन जाँदा आफूले दुव्र्यवहार सहनुपरेको रेनु सादाले दुखेसो पोखिन् । उनले भनिन्, ‘हुनेखाने कहाँ पानी लिन जाँदा हामीमाथि दुव्र्यहार भयो । ‘तेल लगाएर जीउ थिचिदे, अनि पानी दिन्छु’ भन्यो । हामीले पानी नलिइ फर्कियौं ।’

‘हामी जातले मुसहर हौं तर, हामी पनि त मान्छे नै हौं,’ मुसहर बस्तीकी प्रमिला सादाले भनिन्, ‘हाम्रो बस्तीमा पानी अभाव भयो । हामी पानी लिन छिमेकीमा जाँदा गोठको गोबर सोहोरे मात्र पानी दिने भन्यो । त्यसपछि हामी रातु खोलाको दुषित पानी खाँदै छौं ।’

‘प्यास मेटाउन पानी लिन छिमेकीको घरमा गाग्री लिएर जान्छौं । उनीहरुले हाम्रो लाजविज खोज्ने गरेका छन् । हामी दुखी भएका छौं ।’ मुसहर बस्तीकी अर्का गृहिणी रामसती सादाले दिकदारी मान्दै भनिन् ।

मुसहर बस्तीको १० वटै धारामा पानी झर्दैन चुनावमा भोट माग्न नेताहर गाउँमा आउँदा विकास ल्याइदिने भन्दै आफूहरुसँग मत माग्ने गरेको स्थानीयले बताएका छन् । जितेर गएपछि आफूहरुको समस्या भुल्ने गरेको उनीहरुको उपराग छ । मुसहर बस्तीमा युएनडीपि/एलआरपी परियोजना अन्र्तगत १० वटा खानेपानीको लागि २ वर्षअघि खानेपानीको लागि धारा निर्माण गरिएको थियो । तर, त्यो धारमा पानी आउँदैन । शिक्षा र विकासभन्दा अहिले हामीलाई बाँच्न खानेपानी उपलब्ध गराउनुपर्नेमा स्थानीय मनिता सादाले सोरोकारवालाहरुसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप