बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मधेसी दलद्वारा आजपनि संसद बैठक बहिष्कार

शनिबार, २५ वैशाख २०७३, १२ : ४६
शनिबार, २५ वैशाख २०७३

काठमाडौं–व्यवस्थापिका–संसद्को आजको बैठक पनि मधेसकेन्द्रित दलसँग आबद्ध सांसदले बहिष्कार गरेका छन् । यसअघि हिजो पनि उनीहरुले बैठक बहिस्कार गरेका थिए ।

सदनको कारबाही सुरु हुनेबित्तिकै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ नलागेको भन्दै रोष प्रकट गरे । उनले मधेसकेन्द्रित दलले उठाउँदै आएको जायज मागलाई सम्बोधन गर्ने प्रतिबद्धता नजनाउँदासम्म सदनको कारबाहीमा सहभागी नजनाउने भन्दै बहिष्कार गरिएको जानकारी गराए ।

सदनको कारबाही बहिष्कार गर्ने दलमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी लगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप