व्हीलचेयरमा थला परेकी महिला बनिन् चर्चित मोडल
लण्डन – सेरेब्रल पल्सी नामक अपांगता सम्बन्धि समस्याबाट पिडित एक महिला अहिले मोडल बनेर चर्चामा छिन् । यस्तो रोगबाट सताएका व्यक्तिहरु हिँड्न र डुल्न सक्दैनन् । लिएन स्टेफेन नाम गरेकी यी मोडल अहिले पनि व्हीलचेयरमा हिँड्छिन् ।
शुरुवातमा उनलाई आफू मोडल बन्न सक्छु भन्ने आत्मविश्वास थिएन । उनी आफू सुन्दर नभएको ठान्थिन् । तर, अहिले उनको फोटो हेरेर सयौँले सकारात्मक जवाफ फर्काएका छन् । बेलायतकी यी मोडल अहिले थुप्रैको आर्कषण र प्रेरणाको स्रोत बनेकी छिन् । उनले अहिले अपाङहरु पनि राम्रा र सेक्सी हुन्छन् भने प्रमाणित गर्न सफल भएको बताउँछिन् ।
लिंकनसायरको ग्रिम्स्बीमा बस्ने लिएन अपाङ्ग भएर मोडलिङ गर्दा निकै चुनौती आइपर्ने बताउँछिन् । उनले पहिलो सुटिङ व्हीलचियर बिना नै पुरा गरिन् । त्यतिबेला धेरैलाई उनी अपाङ्ग छिन् भन्ने थाहा थिएन ।
उनी कुनै समय रिसेप्सनिस्टको काम गर्थिन् । अहिले उनको सपना पुरै समय मोडलिङ गर्नेछ । उनी अहिले स्वतन्त्र फोटोपत्रकारमार्फत नियमित लन्जरी तथा फेसन फोटो सूट गर्दैछिन् ।
उनले मोडलिंग सुरु गरेको ६ वर्ष भयो । उनका अनुसार उनी भाग्यवस मोडलिंगमा छिरेकी हुन् । तर अब यसैलाई आफ्नो क्षेत्र बनाउन चाहिन्छन् ।
लिएन आमाको कोखबाट सामान्य समयभन्दा ११ हप्ताअघि नै जन्मिएकी थिइन् । निकै दुर्लभ रोगका कारण उनको खुट्टा चल्दैनन् ।
त्यसैले अधिकांश समय उनी व्हीलचियरमा हुन्छिन् र कहिलेकँही वैशाखी प्रयोग गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण