मध्यरातमा भक्तपुरबाट हजारौँ वर्ष पुरानो ढलोटको मूर्ति चोरी भयो
बुधबार, २९ वैशाख २०७३, १२ : ३८
भक्तपुर– भक्तपुर नगरपालिका–१ तौलाछेंस्थित हजारौँ वर्ष पुराना ब्रह्मायणीको दुई वटा ढलोटको मूर्ति चोरी भएको छ ।
ब्रह्मायणीको चार वटा हात भएको एक फिट एक इन्च अग्लो करिब पाँच किलोको ढलोटको मूर्ति एक र चारवटै हात भएको १० इन्च अग्लो करिब पाँच किलोकै ढलोटको अर्को मूर्ति गए राति चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
ब्रह्मायणी गुठीसहित र चारजना पुजारी रहेको यस मन्दिरमा बिहान नित्यपूजा गर्न जाने क्रममा चोरी भएको जानकारी पाइएको हो । स्थानीयले बिहान करिब ७ बजे प्रहरीलाई खबर गरेलगत्तै प्रहरीको टोली पुगेको उनले बताए ।
गए राति मन्दिरको बाहिरको ढोका फोडेरभित्र रहेको अर्को ढोकाको भोटे ताल्चा फोडी, अझैभित्र रहेको च्यानल गेटको समेत ताल्चा फोडेर मूर्ति चोरी गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताइन् ।
भूकम्पपछि ब्रह्मायणी मन्दिर आसपासका बासिन्दा अन्यत्र गएपछि चोरी गर्न सहज भएको प्रहरीको अनुमान छ । प्रहरीले शङ्कास्पद ठाउँमा छापा मार्ने र विभिन्न नाका बन्द गराई खोजी कार्य सुरु गरिसकेको प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण