बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निर्वाचन गर्न मिल्दैनः यादव

बुधबार, २९ वैशाख २०७३, १२ : ५०
बुधबार, २९ वैशाख २०७३

विराटनगर– सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए ।

आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उहाँले जेठ २ गतेदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार ग¥यो भने जनताले प्रतिकार गर्ने स्पष्ट पारे । सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु भनेको सङ्घीयतालाई समाप्त पार्ने कार्य हुने उल्लेख गर्दै उनले भने, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”

उहाँले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप