बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चामल वितरण, ३१ सय घरधुरी लाभान्वित

बुधबार, २९ वैशाख २०७३, १५ : १०
बुधबार, २९ वैशाख २०७३

बझाङ –खडेरी कारण खाद्यान्न संकट भोगिरहेका यहाँका झण्डै ३१ सय घरधुरीहरुलाई चामल वितरण गरिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगत विश्व खाद्य कार्यक्रमको आर्थिक तथा खाद्यान्न र सप्रोस नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रमले चामल बितरण गरेको हो। जिल्लाका पाखो जमिनमा आकासे पानीको भरमा खेती पाती, सागतरकारी तथा फलफुल आदिको भरमा जिविको पार्जन गर्ने अधिकांश वस्तिहरुमा यसबर्ष खडेरीका कारण उब्जनीमा ६० देखि ७० प्रतिशत कमी आएको छ । यसपाली खडेरीले तुलवालीको विउ पनि छैन । ‘छोराछोरी पाल्नका लागि वाटो खन्न लागेका छौ, स्याडी गाविसको लीम सडक खण्डमा काम गर्ने उपभोक्ता हर्का देवी वोहराले भनिन् । ग्रामिण सामुदायिक पुर्वाधार विकास कार्यक्रम अन्तरगत आ.व. २०७२ ÷ २०७३ का लागि बझाङ्घ जिल्लाका ५ वटा गा.वि.स.वाँझ, भामचौर, सुनकुडा, देउलेख र स्याडी का ३०१३ घर धुरी समेटिएका सप्रोस नेपालका जिल्ला संयोजक चन्द्र सिंहले बताए । कार्यक्रमको निति अनुरुप प्रत्येक घरधुरिले १८ दिन काम गरेवापत ४५ के.जी.मोटो अरुवा चामल र २७०० नगद रु पाउने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप