बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

म्यानचेस्टरको आक्रमण गर्ने आजीवन रंगशाला छिर्न नपाउने

बुधबार, २९ वैशाख २०७३, १६ : ३४
बुधबार, २९ वैशाख २०७३

लण्डन – म्यानचेस्टर युनाइटेडको गाडीमा हमाला गर्ने आफ्ना समर्थकहरुलाई वेस्टह्यामले आजीवन प्रतिबन्ध लगाउने भएको छ ।

म्यानचेस्टरको गाडीमा वेस्टह्यामका समर्थकहरुले ढुंगा प्रहार गरेपछि क्लबले बाध्य भएर आक्रमण गर्नेलाई गर्ने समर्थकहरुको पहिचान गर्दै उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यस प्रतिबन्धपछि ढुंगा प्रहार गर्नेहरुले रंगशाला छिर्न पाउनेछैनन् । म्यानचेस्टर र वेस्टह्यामबीचको खेल ४५ मिनेट ढिला सूरु हुदैँ गर्दा टोलीको बसमा आक्रमण भएको थियो ।

त्यसपछि बसको सिसा फुटेको छ । वेस्टह्यामले इंग्ल्याण्डको फुटबल संघ, म्यानचेस्टर युनाइटेड र महानगरिय प्रहरीसँग समन्वय गर्दै यस विषयमा छानविन अघि बढाउने जनाएको छ । खेलका दौरान म्यानचेस्टरका गोलकिपर डेभिड डि जियामाथि बोतल समेत प्रहार भएको थियो ।

त्यस्तै उनीसँग झगडा गर्न एक समर्थक मैदानमै ओर्लिएका थिए । युनाइटेडका लागि च्याम्पियन्स लिगमा छनोट हुन ठूलो महत्व राख्ने खेल वेस्टह्यामले तीन दुईले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप