५० विघा जमिन कतिमा बेचियो ? प्रधानमन्त्रीज्यू ! (फोटो)
काठमाडौं– वीरगंजस्थित नेपाल–भारत सीमामा पर्ने छपकैयामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन गरिएको छ ।
नेपालीहरुको नाममा रहेको करीब ५० बिघा जमिन भारत तर्फ पर्ने गरी नयाँ सिमा स्तम्भ गाडीएको भन्दै राष्ट्रिय स्वाधिनता अभियानले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले शुक्रबार मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सीमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एकघण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो ।
यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टीकरण दिएको छ । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भू–भाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गरे ।
उनले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गरे । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो–होइन, छानविन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ ।
विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण