ज्योतिले सुटिङ्स्थलमै गर्न सिकाइन हिरोलाई एक्टिङ (भिडियो)
काठमाडौं–दर्जनौं नेपाली लोक तथा दोहरी गितमा आफ्नो आवाज दिएका गायक नमराज पाण्डे पछिल्लो समयमा अश्लिल भावका गीत र कमेडीहरु बनाउने कलाकार भनेर चिनिन थालेका छन् । राम्रा र मनछुने गीतहरु बनाउने भन्दापनि कसरी चर्चामा आउन सकिन्छ भनेर अश्लिल भावका गीत र भिडियो बनाएको प्रस्ट छ ।
२०६६ सालबाट सांगेतिक क्षेत्रमा लागेका गायक पाण्डले ‘एक्लो जीवन काट्नै गाह्रोे,’ ‘दिल भित्र कि माली,’ ‘पापी दुनिँया,’ ‘आँशु धाराले,’ ‘नक्कलीमा परियो,’ ‘तिम्रो कुरा अन्तै चलेसी’ गीतहरु त गाए । तर व्यवसायिक रुपमा सांगेतिक क्षेत्रमा टिक्न र चर्चामा आउन सकेनन् । चर्चामा नआएपछि उनले ‘भैसी साटेझैँ बुढी साट्न मिल्नि भए’ भन्ने बोलको गीत बजारमा त ल्याए तर निकै विवादित बन्यो । भैसी साटेझैँ तीजको गीतबाट विवादमा आएका पाण्डे २ दर्जनभन्दा बढी गीत र कमेडीको भूमिकामा देखिएका छन् ।
अहिले रिलिजको क्रममा रहेको ‘चढ्दो जवानी’ नामक गीतमा ज्योति मगरसँग कमेडीको रुपमा पस्तुत भएका छन् । यो गीतको म्यूजिक भिडियो पनि विवादित बन्ने पक्का छ । ज्योति मगर अर्धनग्न भएर चर्चामा आईन् भने नमराज छाडा शब्द र विकृति आउने गित गाएर चर्चामा आउन खोजेका छन् ।
अझ पछिल्लो समयमा ज्योति मगरसँग केही गितमा अभिनय गरेर आफू अझ चर्चा बटुल्न खोजेका नमराजले ज्योति मगरसँगको साथ टिक्ला या नटिक्ला त्यो स्रोता दर्शकको हातमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण