बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

९५ लाख ठगी गर्ने महिला पक्राउ

मङ्गलबार, ०४ जेठ २०७३, ११ : १९
मङ्गलबार, ०४ जेठ २०७३

राजविराज– महूली खोला र सीतापुरको बनरा खोलाको नदी नियन्त्रण सम्बन्धी ठेक्कापट्टा मिलाई दिन्छु भनी ठगी गर्ने एकजना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको भारदह–१ निवासी कङ्कालीनी बहुउद्देश्यीय सेवा केन्द्रकी अध्यक्ष नुनुदेवी झा रहेको प्रहरीले जनाएको छ । ६० वर्षीया झाले एक वर्ष अगाडि विभिन्न बहाना बनाई न्यौपाने निर्माण सेवाका सञ्चालक झापा भद्रपुर नगरपालिका–९ बस्ने प्रेम न्यौपाने र साहिल निर्माणका सञ्चालक काठमाडौँ–१० बस्ने कमरुजमा सेखसँग रु ९५ लाख लिई ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका झालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको बताइएको छ ।

झाबाट ठगीमा परेका न्यौपाने र सेखले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप