पदमपुर बस्ती सरेपछि चुरेका मुहान पुरिए
चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको चुरेको फेदीमा रहेका पानीका मुहान पुरिएपछि यसबाट ताल तलैया, पोखरी र खोल्सा प्रभावित भएका छन् ।
विगत १० वर्षअघि निकुञ्जभित्रको पदमपुर बस्ती स्थानान्तरणसँगै चुरेको फेदीका मुहान सरसफाइ हुन नसक्दा पानीका मुहान पात पतिङ्गर, पाँगो माटो, पहिरो आदिले बुजिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।
पदमपुरमा बस्ती रहँदा स्थानीयले पानीका मुहान बर्सेनि सरसफाइ गर्ने र सोही पानीबाट सिञ्चित गरेर पदमपुरको भूमिलाई उर्बर बनाउँदै आएका थिए । मुहानबाट निस्किएको पानीले वन्यजन्तु र घाँसे मैदान पनि सिञ्चित हँुदै आएको कँडेलले बताए ।
पदमपुरवासीले सो क्षेत्र छाडेसँगै चुरेका मुहान सरसफाइ नहुँदा तालतलैया र खोल्सामा पानीको मात्रा घटेको उनले बताए । यसका कारण क्रमशः वन्यजन्तु र घाँसे मैदान प्रभावित हुने देखिएको छ । निकुञ्जभित्र ३८ वटा स्थायी पानी स्रोत भएका ताल रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
चुरेको फेदका मुहानबाट निस्किएको पानी विभिन्न खोल्सामार्फत निकुञ्जमा बग्ने गर्दछन् । ती पानी जम्मा भएर पोखरी बनेका हुन् । निकुञ्ज हँुदै राप्ती, नारायणी, रिउजस्ता ठूला खोला पनि बगेका छन् ।
निकुञ्जको मध्यभागमा करिब ५० किलोमिटर लामो चुरे भूभाग पर्दछ । चुरेको दुवैतर्फको फेदीमा मुहान रहेका छन् ।
निकुञ्जले मुहान सुकेसँगै स्थानीय सरोकारवालाको जनसहभागितामा आधारित चुरे पानीको स्रोत सरसफाइ अभियान सञ्चालन गर्ने जनाएको छ ।
कँडेलका अनुसार निकुञ्जका कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनासँगै सौराहाका पर्यटन व्यवसायी, मध्यवर्ती उपभोक्ता समितिका सदस्य, सामुदायिक वनका सदस्य, चोरी सिकार युवा जागरणका सदस्य, क्षेत्रीय होटल सङ्घका सदस्यलगायतको सहभागितामा मुहान सरसफाइ गर्ने अभियान सुरु गर्न लागिएको छ ।
हरेक वर्ष चुरेका फेदीको मुहान सरसफाइ गर्नसके पानीको स्थायी स्रोत निरन्तर हुने र यसले निकुञ्जभित्रका तालतलैया र खोल्सामा निरन्तर पानी बग्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । यसबाट वन्यजन्तु, घाँसे मैदान र रुख बिरुवा लाभान्वित हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण