बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

घाँटी थिचेर श्रीमतीको हत्या

मङ्गलबार, ०४ जेठ २०७३, ११ : ४४
मङ्गलबार, ०४ जेठ २०७३

झापा– झापाको बिर्तामोडमा गएराति एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

बिर्तामोड–६ निवासी ३३ वर्षीय दीपक अग्रवालले २५ वर्षीया श्रीमती ज्योति अग्रवालको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।

बिर्तामोड–५ स्थित हरि राजवंशीको घरमा डेरा गरी बस्दै आएका उनले के कारणले श्रीमतीको हत्या गरे सो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्यामा संलग्न अग्रवाललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैबीच, झापाको धुलाबारी–२ निवासी २५ वर्षीया सीता श्रेष्ठ अधिकारीको सर्पदंशका कारण मृत्यु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप