किन महिला बारबार गर्भपतन गराउन बाध्य छन् ?
काठमाडौँ– उचित परामर्श नहुँदा महिलाले बारबार गर्भपतन गराउने गरेको चिकित्सकले बताएका छन् ।
काठमाडौँ मोडल कलेजका स्त्रीरोग विभागका प्रमुख प्रा डा अरुणा कार्कीले पहिलो पटक गर्भपतन गराउन आएका महिलालाई उचित परामर्श र सल्लाह दिन सकेमा बारम्बार गर्भपतन गराउन आउनुको साटो अनिच्छित गर्भ नै नराख्ने सङ्ख्यामा वृद्धि हुने बताइन् ।
सोमबार यहाँ आयोजित ‘सुरक्षित गर्भपतन सेवा’ सम्बन्धी अन्तक्र्रियामा उनले नेपालमा अझै पनि सुरक्षित गर्भपतनसम्बन्धी उचित सल्लाह दिनेभन्दा व्यवसायलाई नै महत्व दिने कारण महिलाले धेरै पटक नचाहेर पनि गर्भपतन गराउनुपरेको बताइन् ।
उनले भनिन्– “हामीकहाँ गर्भपतन गराउन आएका महिलालाई धेरै पटक गर्भपतन गराउँदा हुने असरका बारेमा जानकारी दिनेभन्दा पनि व्यावसायिकताका हिसाबले मात्र हेर्ने चलन रहेकाले महिला अज्ञानताका कारण बारबार गर्भपतन गराउनेहरूको सङ्ख्या बढी रहेको हो ।”
स्वास्थ्य सेवा विभाग, स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका डा झलक शर्मा गौतमले सरकारले केही विशेष अवस्थाबाहेक गर्भपतन गर्न नहुने भए पनि अहिलेको अवस्थामा गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिइरहेको बताए ।
उनले भने– “श्रीमान्ले गर्भ निरोधक उपाय अपनाउन नमान्दा महिला पटकपटक गर्भवती हुने र गर्भपतन गराइरहन बाध्य छन् । नेपालमा बर्सेनि छ लाख महिला गर्भवती हुन्छन् र त्यसमा १० प्रतिशतले गर्भपतन गराउँछन् ।”
विभागको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद जोशीले सुरक्षित गर्भपतन सेवाले महिलालाई सशक्त हुन सहयोग गरेकाले यो सेवाको आवश्यकता भएको बताए ।
उनले भने– “सुरक्षित गर्भपतन सेवाले असुरक्षित कारणले हुने मृत्यु, रुग्णता कम गर्न र अनियोजित तथा अनिच्छित गर्भको निरन्तरताबाट पर्ने प्रभावलाई कम गर्नका लागि पनि सहयोग पु¥याउने भएकाले यसको महत्व छ ।”
नेपालमा गर्भवतीको मञ्जुरीले १२ हप्तासम्मको गर्भ, बलात्कार वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भवतीको ज्यान जाने खतरा भएमा वा निजको शारीरिक, मानसिक, स्वास्थ्यमा असर पर्ने, बच्चा अपाङ्ग जन्मने सम्भावना भएमा जुनसुकै समयमा पनि गर्भपतन गराउन सक्ने कानुनमा व्यवस्था छ ।
नेपालमा कुल मातृमृत्युमध्ये सात प्रतिशत मातृमृत्यु असुरक्षित गर्भपतनका कारणले हुने गरेको छ भने १०० गर्भवती महिलामध्ये सातजनाले गर्भपतन गराउने गरेका छन् । कुल गर्भवतीमध्ये २५ प्रतिशत महिला नचाहँदा नचाहँदै गर्भवती हुने गरेको स्वास्थ्य सेवा विभागको तथ्याङकले देखाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण