बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आन्दोलनकै क्रममा राजेन्द्र महतो अस्वस्थ

मङ्गलबार, ०४ जेठ २०७३, १९ : १५
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौं– संघीय गठबन्धनको महत्वपूर्ण घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अस्वस्थ्य भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी आज गठबन्धनले गरेको बालुवाटार घेराउमा सहभागि भएका छैनन् । सद्भावना पार्टीका महासचिव मनिष सुमनले महतोको स्वास्थ्यमा समस्या देखिएकाले बालुवाटार घेराउमा सहभागि हुन नसकेको रातोपाटीलाई जानकारी दिए । सुमनका अनुसार उनको छातीमा समस्या देखिएको छ भने अहिले चिकित्सकको निगरानीमा सिनामंगलस्थित घरमै आराम गरिरहेका छन् । सद्भावना पार्टीका अनुसार हिजो सिंहदरबार घेराउ कार्यक्रम अन्तर्गत माइतीघरमा दिइएको धर्नामा महतो सहभागि भएपनि त्यतिबेलै उनको स्वास्थ्यमा समस्या देखिएको थियो । हिजो प्रतिकूल स्वास्थ्यका बाबजुत धर्नामा सहभागि भएका उनी आज भने आन्दोलनमै सहभागि हुन नसक्ने गरि अस्वस्थ्य बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप