लिग नजितेको दुःखभन्दा रियलले नजित्दाको खुसी धेरै : गोडिन
म्याड्रिड – एथ्लेटिको म्याड्रिडका डिफेन्डर डिएगो गोडिनले आफूहरुले लिग नजितेकोमा दुःखभन्दा रियल म्याड्रिडले लिग जित्न नसकेकोमा खुसी धेरै रहेको बताएका छन् । रियललाई उछिनेर लिग बार्सिलोनाले जितेर आफूहरुको दुःख कम भएको उनले बताए ।
शीर्ष स्थानमा रहेको बार्सिलोनासँग समान अंक रहे पनि एक खेल बाँकी छँदा लेभान्तेसँग अप्रत्यासितरुपमा २–१ ले पराजित भएपछि एथ्लेटिको उपाधि होडबाट बाहिरिएको थियो ।
जसले गर्दा उपाधि होडमा बार्सिलोना र रियल मात्र बाँकी भएको थियो । अन्तिम खेलमा ग्रानाडालाई सजिलै पराजित गर्दै बार्सिलोनाले लिग जित्न सफल भयो ।
‘म रियललाई मन नपराउने होइन । म सम्मान गर्छु । तर, उनीहरुलाई सँधै हराउन चाहन्छु,’ उरुग्वेका खेलाडी गोडिनले भने ।
मे २८ मा मिलानमा हुने च्याम्पियन्स लिगको फाइनलमा उनी रियललाई हराएर पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्न चाहन्छन् । दुई वर्षअघि पर्चुगलमा भएको फाइनलमा रियलसँग एथ्लेटिको हारेको थियो ।
‘लिस्बनको खेलबाट हामीले धेरै सिकेका छौं । रियलविरुद्ध कसरी खेल्नुपर्ने हामीलाई थाहा छ,’ उनले भने, ‘तर, रियलसँगको खेल भनेको जहिले ५०–५० को आँकडा हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण