अगामी आन्दोलनका कार्यक्रमबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै
काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मलित संघीय गठबन्धनले आफ्नो अगामी आन्दोलनका कार्यक्रमको बारेमा बैठक बसिरहेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा मधेशी मोर्चाका नेताहरुलगायत गठबन्धनमा रहेका अन्य दलहरुको पनि सहभागिता रहेको स्रोतल जनाएको छ ।
देशका प्रमुख प्रशासनिक क्षेत्र सिंहदरवारलाई २ दिन तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुटारलाई एक दिन घेराउ गरी आज काठमाडौं केन्द्रीत आन्दोलनलाई समापन गरिदैँछ । त्यसका लागि आज रत्नपार्कमा गठबन्धनले विशाल जनसभा गर्दैछ । १ बजे हुने जनसभामा गठबन्धन आवद्ध २९ वटै दल तथा संगठनका शीर्ष नेताहरुले आफ्नो मन्तव्य राख्ने बताइएको छ ।
त्यसअघि गठबन्धनको अगामी कार्यक्रमको बारेमा छलफल गरि टुगों लगाउन बैठक बसेको मोर्चाका नेता एवं नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बताए ।
काठमाडौं केन्द्रीत आन्दोलनलाई निरन्तरता दिने कि जिल्लातिर सार्ने विषयमा पनि छलफल हुने उनले बताए ।
नयाँ कार्यक्रममा रिले अनसनदेखि कोणसभा, जुलुसका कार्यक्रमहरु आउन सक्ने सम्भावना रहेको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले जानकारी गराए । आन्दोलनलाई निरन्तरता दिई केही तयारी गरि आन्दोलन गर्ने बताउँदै उनले जनआन्दोलन–३ हुने विश्वास व्यक्त गरे । यो चार दिनको आन्दोलनले जनआन्दोलन गर्ने आधार तयार भइसकेको बताउँदै उनले अलिकति व्यवस्थापनामा ध्यान दिए जनआन्दोनल हुन कसैले रोक्न नसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण