समाजसेवामा कर्णदास
पोखरा – लामो समयको अमेरिका बसाईपछि नेपाल आएका गायक कर्णदासले आफ्नो एल्वम बिक्रीबाट आएको रकमबाट पोखरा बृद्धाश्रममा नगद सहयोग गरेका छन् ।
पोखरा वृद्धाश्रममा पुगेर कर्णदासले अघिल्लो महिना अष्टे«लियामा भएको आफ्नो सांगितिक यात्राको दौरान एल्वम बिक्रीबाट प्राप्त आम्दानी मध्येबाट नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । कर्णदासले यसअघि पोखरा वृद्धाश्रमको शुरुवाती चरणमा फर्निचर, लत्ता कपडा तथा २ महिनाको लागि पुग्ने खाद्यन्न सामग्री सहयोग गरेका थिए ।
सो अवसरमा वहाँले वृद्ध अवस्थाका आमा बुबाहरुलाई सानो सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । आगामी दिनमा पनि पोखरा वृद्धाश्रमलाई आफ्नो सहयोग निरन्तर जारी रहने समेत वहाँको प्रतिबद्धता थियो । दासले आफ्नो पहिलो गीत जिन्दगीको के भरोसा बोलको गीत समेत प्रस्तुत गरेका थिए ।
पोखरा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले गायक कर्णदासले निकै अप्ठ्यारो समयमा सहयोग पु¥याएको भन्दै वृद्धाश्रमले जहिले पनि सम्मान र आदर गर्नुपर्ने व्यक्तित्व भएको उल्लेख गरे । बृद्धाश्रमको सञ्चालनको मुख्य आधार जनसहयोग रहेको अध्यक्ष पराजुलीले जानकारी दिए । ०५३ सालमा शुरु भएको पोखरा वृद्धाश्रममा हाल विभिन्न १४ जिल्लाका ज्येष्ठ नागरिक तथा सेवक सेविका गरी ६५ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण