चट्याङबाट महिलाको मृत्यु, बालक घाइते
बुधबार, ०५ जेठ २०७३, १० : ३६
कलैया - बारा रामपुर्वा–३ बटौलिया गाउँमा मङ्गलबार बेलुकी असिना पानी सँगसँगै चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ भने एक बालक घाइते भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।
सोही गाविस बस्ने शम्भु चौधरीकी श्रीमती ३५ वर्षीया सीमा चौधरी, आफ्नो १२ वर्षीय छोरा शिव चौधरीसँगै खेतमा काम गरिरहेको अवस्थामा अचानक हावाहुरी, असिना पानी परेको समयमा अचानक चट्याङ् लागी चौधरीकी श्रीमतीको घटनास्थलमा नै मृत्यु भएको थियो भने बालक घाइते भएको थाहाभएको छ ।
मृतक सीमा चौधरीको शवपरीक्षणका लागि कलैया अस्पतालमा ल्याइएको छ ।
साइकल यात्रीको मृत्यु
यसैगरी, बाराको गढीमाई नगरपालिकामा मङ्गलबार बेलुकी ७ बजे ट्रकले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काबाट थाहाभएको छ ।
जितपुर–७ बस्ने ४० वर्षीय नुनक साह मङ्गलबार बेलुकी ७ बजे साइकलबाट वीरगन्जतर्फ गइरहेको अवस्थामा सोही दिशाबाट आइरहेको ना ३ ख ७९३७ नंको ट्रकले पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका साहलाई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
ट्रक चालक हेटौँडा–४ भैँसेचुरिया बस्ने ३३ वर्षीय अरुण थिङ र ट्रक इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
-
नेकपाले भन्यो– सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण