५ हजार २ सय ५५ भुकम्पपीडितसँग अनुदान सम्झौता
ओखलढुंगा – यहाँका भुकम्प पीडितसँग नीजि आवास निमार्णका लागि धमाधम अनुदान सम्झौताको काम भैरहेका छ । जिल्लामा १९ हजार ८ सय १८ घर लाभग्राहीको संख्या भएको भएपनि अहिलेसम्म ५ हजार २ सय ५५ घर भुकम्प पिडितसंग अनुदान सम्झौता सम्पन्न भैसकेको जिल्ला बिकास समिति ओखलढुंगाका कमप्युटर अपरेटर पदम परियारले जनकारी दिए । उनका अनुसार अहिले जिल्लाका ३१ गाबिस तथा १ नगरपालिकामा धमाधम अनुदान सम्झौताको काम भैरहको छ । बाकी १९ गाबिसमा भने भुकम्प पिडीतहरुको भरखर डाटा संकलनको काम सकिएकाले चाडैनै अनुुदान सम्झौता गरिने उनको भनाई छ । अनुदान सम्झौतासंगै भुकम्प पिडित नागरिकहरुले प्रबिधिक लिष्टमा आफूहरुको नाम नपरेको भन्दै गुनासो फारम पनि भर्न थालेका छन् । अहिलेसम्म जिल्लाका बिभिन्न गाबिसका १८ सय ९४ घरधुरी भुकम्प पिडितले गुनासो फारम भरिसकेका छन् । गुनासो फारम भरेका उनिहरुको चाडै सम्बोधन हुने परियारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
-
ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउनुपर्छ : अन्सारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण