विष्टको निलम्बन फिर्ता लिन माग
काठमाडौं– केशरबहादुर विष्टको कारबाही फिर्ता हुनुपर्ने माग गर्दै राप्रपा नेपालका विभिन्न जिल्लास्तरीय नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बुधबार एक संयुक्त विज्ञप्ती जारी गर्दै पार्टीको एजेण्डा स्पष्ट रुपमा राख्दा कारबाही गरिनु दुःखद भएको बताएका छन् ।
‘समान विचार धारा राख्ने राजनीतिक शक्ति संग पार्टीगत एकीकरण गर्नु पर्छ भन्ने समेतका कुरालाई लक्षित गर्दै गत चैत १६ गते जारी गरेको विज्ञप्तीलाई आधार वनाएर रगंज वैठक वाट पार्टीका विद्धान वरिष्ठ नेता श्री केशर वहादुर विष्टलाई ३ वर्षका लागी पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्वन गरिएको कृयाप्रति हाम्रो धोर विमति रहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘ यस्तो अप्रजातान्त्रिक निलम्वन गर्ने कार्य तुरुन्त फिर्ता लिई पार्टीको सिद्धान्त र यस प्रती समर्पीत तमाम नेता कार्यकताको इज्जत मान प्रतिष्ठाको सम्मान गर्न समेत हामी पार्टी नेतृत्वलाई यसै विज्ञत्ती मार्फत आह्वान गर्दछौ ।’ यसैबीच संस्थापनले पार्टीको बृहत्तर हित र एकता विपरित कार्यमा संलग्न भएको भन्दै ३ दिन अघि विघटन गरेको ललितपुर जिल्ला कार्य समितिको तदर्थ समितिको अध्यक्षमा बाबुकाजी प्रधानलाई जिम्मेवारी प्रदान गरेको छ । विष्टले भने जिल्ला कार्यसमितिको विघटन गरिनुको कुनै औचित्य नभएको प्रतिक्रिया दिएका छन् ।
१
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
-
एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने
-
चार दिन संसद् बैठकमा उपस्थित हुँदा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण