बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

गठबन्धनले उपत्यकाका १० ठाउँमा आमसभा गर्ने

बुधबार, ०५ जेठ २०७३, ११ : ५२
बुधबार, ०५ जेठ २०७३

काठमाडौं – मधेशी मोर्चासम्बन्ध संघीय गठबन्धनले आफ्नो १० दिनको कार्यक्रम घोषणा गरेको छ । दुई दिन सिंहदरवार र एक दिन बालुवाटार घेराउपछि भोलिदेखि उपत्यकाका १० ठाउँमा आमसभा कार्यक्रम आयोजना गरिने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले जानकारी गराए ।

गठबन्धनले आज रत्नपार्कमा आमसभा गर्दैछ । त्यस्तै, ६ गते पाटन दरबार क्षेत्रमा रहेको मंगलबजार, ७ गते नयाँ बानेश्वर, ८ गते स्वम्भू, ९ गते चाबहिल, १० गते किर्तिपुर, ११ गते नेपाःटोल ठिमी, १२ गते बालाजु बाइपास, १३ कलंकी चोक, १४ मधेपुर ठिमी र १५ गते बसन्तपुरमा गठबन्धनले आमसभा गर्नेछ ।

गठबन्धनले १६ गते वीरगञ्ज र १७ गते पोखरामा पनि आमसभा गर्ने भएको छ ।

संघीय गठबन्धन प्रेस वक्तव्य

२०७३ जेठ ५ संघीय गठबन्धन संयुक्त आन्दोलन मूल परिचालन समितिका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष श्री उपेन्द्र यादवज्यूको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बैठक बसी संघीय गठबन्धनद्धारा जारी रहेको आन्दोलनलाई संविधान पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, खस समुदाय, शिल्पी समुदाय (दलित), थारु, अल्पसंख्यक समुदाय, मुश्लिम, महिला, पिछडावर्ग, सीमान्तकृत समुदाय, लोपोन्मुख जात÷जाति लगायत बहिष्करणमा पारिएका÷परेका समुदायहरुको मुद्दाहरुलाई सम्बोधन नगरुन्जेलसम्म निरन्तर रुपमा जारी नै राख्ने निर्णय गरिएको छ । आन्दोलनका थप कार्यक्रमहरु निम्न अनुसार जुलूस, ¥याली र विरोध सभाहरु रहेका छन् । आन्दोलनका कार्यक्रमहरु ः १. २०७३ जेठ ६ गते कार्यक्रम स्थल– मंगलबजार दरबार, समय ४ बजे । जुलूसका निकाल्ने स्थान ः लगनखेल । व्यवस्थापन ः संघीय समाजवादी फोरम नेपाल, लिम्बूवान संयुक्त संघर्ष समिति र नेपाः राष्ट्रिय पार्टी २. २०७३ जेठ ७ गते कार्यक्रम स्थल– नयाँ बानेश्वर, समय ४ बजे व्यवस्थापन ः राष्ट्रिय मधेश समाजवादी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मजफो (गणतान्त्रिक), तराई मधेश सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, लिम्बूवान मुक्ति मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल ३. २०७३ जेठ ८ गते कार्यक्रम स्थल– स्वयम्भू, समय ३ बजे । जुलूस निकाल्ने स्थान ः सीतापाइला चोक व्यवस्थापन ः ताम्सालिङ संयुक्त संघर्ष समिति, आदिवासी जनजाति पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी ४. २०७३ जेठ ९ गते कार्यक्रम स्थल– चावहिल चोक, समय ४ बजे । जुलूस निकाल्ने स्थान ः जोरपाटी र गौशाला व्यवस्थापन ः शेर्पा स्वायत्त प्रदेश संयुक्त आन्दोलन परिचालन समिति, आदिवासी जनजाति पार्टी नेपाल ५. २०७३ जेठ १० गते कार्यक्रम स्थल– कीर्तिपुर–नयाँ बजार, समय ४ बजे जुलूस स्थल ः त्ग् न्बतभ व्यवस्थापन ः नेवाः राज्य मंकाः संघर्ष समिति, संघीय समाजवादी फोरम नेपाल, नेपाः राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी नेपाल ६. २०७३ जेठ ११ गते कार्यक्रम स्थल– भक्तपुर–न्यातपोल, समय ४ बजे । जुलूस निकाल्ने स्थान ः भक्तपुर बसपार्क व्यवस्थापन ः संघीय समाजवादी फोरम नेपाल, संघीय लिम्बूवान पार्टी र नेपाः राष्ट्रिय पार्टी ७. २०७३ जेठ १२ गते कार्यक्रम स्थल– बालाजु वाइपास, समय ४ बजे । जुलूस निकाल्ने स्थान ः बालाजु चोक, ३ बजे व्यवस्थापन ः संघीय जनमुक्ति पार्टी, तमुवान संयुक्त संघर्ष समिति, संघीय समाजवादी फोरम नेपाल ८. २०७३ जेठ १३ गते कार्यक्रम स्थल– कलंकी चोक, समय ४ बजे । जुलूस निकाल्ने स्थान ः सोल्टी मोड व्यवस्थापन ः संयुक्त मगरात मञ्च, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी नेपाल र राष्ट्रिय शिल्पी आन्दोलन ९. २०७३ जेठ १४ गते कार्यक्रम स्थल– मध्यपुर ठिमी, समय ४ बजे । जुलूस निकाल्ने स्थान ः शंखधर साख्वाः चोक व्यवस्थापन ः संघीय समाजवादी फोरम नेपाल १०. २०७३ जेठ १५ गते कार्यक्रम स्थल– बसन्तपुर– जुद्ध शालिक, समय ४ बजे । जुलूस निकाल्ने स्थल ः असन र लगनटोल व्यवस्थापन ः संघीय समाजवादी फोरम नेपाल, संयुक्त नेवाः स्वायत्त राज्य संघर्ष समिति, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, आदिवासी जनजाति पार्टी नेपाल र नेपाः राष्ट्रिय पार्टी ११. २०७३ जेठ १६ गते विरगञ्ज– ¥याली एवं विरोध सभा व्यवस्थापन ः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा १२. २०७३ जेठ १७ गते पोखरा– ¥याली एवं विरोध सभा व्यवस्थापन ः तमुवान संयुक्त संघर्ष समिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप