पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सञ्चालन
बुधबार, ०५ जेठ २०७३, १२ : २७
चितवन - पहिरोका कारण मङ्गलबारदेखि एकातर्फी सञ्चालन हुँदै आएको मुग्लिन नारायणगढका सवारीसाधन आज बिहान पहिरो हटाएपछि दुबैतर्फी सञ्चालनमा आएको छ ।
सडक सुचारु भएपछि रोकिएका सवारीसाधन अहिले गन्तव्यतर्फ जान थालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
साँझ अवरुद्ध बनेको सडक राति पहिरो पन्छाएर एकातर्फ खुलाइएको थियो । आज बिहानबाट भने दुईतर्फी बाटो खुलेपछि यातायात सहज बन्दै गएको चितवन प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ भारी वर्षासँगै खसेको चण्डीभज्ञ्याङ–९ स्थित नौ किलो भन्ने स्थानमा पहिरो खसेको थियो ।
पहिरोका कारण अवरुद्ध भएको सडक राति १० बजेदेखि एक्साभेटरको सहयोगमा एकतर्फी मात्रै सडक सञ्चालन गरिएको थियो ।
सो क्षेत्रमा सडक विस्तारको क्रममा रहेकाले सामान्य पानी आउने बित्तिकै पहिरो खस्ने गरेको छ । हप्ता दिनको अन्तरालमै यहाँ दुईपटक पहिरोले बाटो अवरोध गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित (तस्बिरहरू)
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण