बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सामा नौ हजार मेट्रिक टन माछा उत्पादन

बुधबार, ०५ जेठ २०७३, १३ : ०१
बुधबार, ०५ जेठ २०७३

वीरगन्ज - पर्सामा वार्षिक करिब नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ ।

सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागु गरेपछि यति धेरै परिमाणमा माछा उत्पादन हुन थालेको हो । किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन विगत छ वर्षदेखि कार्यक्रम सञ्चालन गरिँदै आएको हो । कृषि विकास कार्यालयका सूचना तथा प्रचारप्रसार अधिकृत मुन्नीलाल प्रसादका अनुसार योजना कार्यान्वयनमा आएपछि अहिले प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले माछा उत्पादन हुने गरेको छ । विगत चार वर्षमा करिब ४१ हेक्टर क्षेत्रफलमा नयाँ माछापोखरी निर्माण भएका छन् । आर्थिक वर्ष २०६७/६८ मा १५ हेक्टर, आव २०६८/६९ मा ११ हेक्टर, आव २०६९/७० मा छ हेक्टर र आव २०७०/७१ मा १० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण भएका छन् । माछापोखरी निर्माणका लागि प्रतिहेक्टर रु एक लाखका दरले किसानलाई अनुदान उपलब्ध गराइएको छ । जिल्लामा अहिले ३४० हेक्टरमा माछापालन व्यवसाय सञ्चालन गरिँदै आएको छ भने वार्षिक करिब एकहजार ५०० मेट्रिक टन माछा खपत हुने गरेको छ । उत्पादनमा वृद्धि भएपछि यहाँका किसान माछापालनबाट आत्मनिर्भर भएका छन्, । “अहिले स्वदेशी उत्पादनले जिल्लाको आवश्यकता पुरा गरेको छ । यहाँ उत्पादित माछा भारतको सीमावर्ती बजार एव्म पोखरा, मलेखु र काठमाडौँसम्म पुग्ने गरेको छ । उत्पादन अभिवृद्धिका लागि केही किसानलाई माछापोखरीमा अक्सिजन उत्पादन गर्ने एयरेटर मेसिन र दाना उत्पादन गर्ने प्लेटिङ मेसिन निःशुल्क उपलब्ध गराइएको कृषि कार्यालयले जनाएको छ । जिल्लामा हाल ८६५ जना कृषकसँग एक हजार ६० वटा पोखरी रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप