बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नर्भिकद्वारा राजधानीका १० स्थानमा रक्तचाप शिविर

बुधबार, ०५ जेठ २०७३, १३ : २०
बुधबार, ०५ जेठ २०७३

काठमाडौं–नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व उच्च रक्तचाप दिवसको अवसरमा मंगलबार राजधानीका विभिन्न १० स्थानमा निःशुल्क रक्तचाप जाँच शिविर आयोजना गरेको छ । सो अवसरमा नर्भिक परिसरभित्र उच्च रक्तचाप नियन्त्रण गर्ने सिलसिलामा एक विशेष निःशुल्क परीक्षण शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्नो प्राङ्गणका अलावा काठमाडौंका अन्य ९ स्थानमा उच्चरक्तचाप मापन, नियन्त्रण र रोकथाम सम्बन्धी चेतना अभिवृद्धि गर्ने/गराउने कार्य गर्यो । निःशुल्क परीक्षण गरिएका ती ९ स्थानहरूमा भाटभटेनी सुपरस्टोर – बालुवाटार, महाराजगञ्ज, पुल्चोक, सिटी सेन्टर, कमलपोखरी, सिभिल मल – सुन्धारा, नर्भिक हस्पिटल – थापाथली, थ्री स्टार क्लब – पाटन (ललितपर) , रेडिमेड मल – खिचापोखरी, सेलवेज – जावलाखेल र शेर्पा मल – दरबारमार्ग रहेका छन् । साँझ ६ बजेसम्म उक्त शिविरमा ९९० जनाले आफ्नो रक्तचापको जाँच गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप