बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

यात्रुबाहक बसको ठक्करबाट एकको मृत्यु

बुधबार, ०५ जेठ २०७३, १३ : २५
बुधबार, ०५ जेठ २०७३

रसुवा - चिलिमेबाट काठमाडौँको लागि हिँडेको यात्रुबाहक बसको ठक्करबाट धुन्चे क्षेत्रमा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार बा२ख ८४२१ नम्बरको बसले धुन्चे गाविस–८ बुद्धमन्दिर इलाका क्षेत्रमा ठक्कर दिँदा हाकु गाविस– का १९ वर्षीय विबराम तामाङको मृत्यु भएको छ । उक्त बसबाटै चिलिमेबाट आएका ती युवा ओर्लने क्रममा सो दुर्घटना भएको र बस चालक तथा सहचाकलाई नियन्त्रणमा लिई घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रमुख विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप