बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बनेपा–काठमाडौँ सिधा १५ वटा बस सञ्चालन

बुधबार, ०५ जेठ २०७३, १३ : २७
बुधबार, ०५ जेठ २०७३

बनेपा - बनेपाबाट काठमाडाँैंका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो । हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिए । विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाडाँैंको लागि बस छुट्दै आएको थियो । धुलिखेल र पनौतीबाट काठमाडौँका लागि बनेपा बस आउँदा खचाखच भरिएको हुने भएकाले बनेपाका बासिन्दा उभिएर यात्रा गर्नुपर्ने अवस्था थियो, त्यसको अन्त्य भएको छ यातायात व्यवसायी वैद्यले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप