बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

उजुरीबारे स्थलगत अनुगमन गरी अख्तियार टोली फर्कियो

बुधबार, ०५ जेठ २०७३, १३ : २८
बुधबार, ०५ जेठ २०७३

डोल्पा –छानबिनको लागि बैशाख २७ गते डोल्पा पुगेको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतको दुई जनाको टोली आवश्यक कागतजात लिएर फर्किएको छ ।

पाँच दिनको अवधिमा डोल्पाका नापी कार्यलय,जिविस,शिक्षा कार्यालय, सरस्वती उ.मा.वि दुनैको विज्ञान भवन निर्माणको अनुगमन,दुनै ल्यासी क्याप हुँदै धो सडकसम्मको स्थलगत अनुगमन गरिएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको क्षेत्रिय कार्यलय सुर्खेतका शाखा अधिकृत विश्वमंगल शर्माले बताए ।

अनुगमनका साथै उजुरी परेका कार्यलयबाट विल,भर्पाई लगायतका आवश्यक कागतजात अनुसन्धानका लागि लगिएको शर्माले बताए । यस मध्ये सबैभन्दा धेरै कागतजात जिविसबाट लगिएको उनले बताए । नियन्त्रमा लिएका कागजात अनुसन्धानगरि छानविन प्रक्रिया अगाडि बढाईने बताईएको छ । डोल्पाबाट परेका जम्मा १७ वटा उजुरीहरु मध्ये शिक्षा क्षेत्रका ३,भौतिक पुर्वाधारको १,भुमि सुधारको १,स्थानिय विकासको ७,शहरी बिकासको १ ,स्वास्थ्यका ३ र गृह सम्बन्धि १ रहेको उनले बताए । मध्य—पश्चिमाअञ्चल विकास क्षेत्रमा जम्मा ९ सय ७६ वटा उजुरी मध्ये सबैभन्दा धेरै बाँकेमा १ सय २ वटा उजुरी परको क्षेत्रिय कार्यलय सुर्खेतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप